अब गर्नुपर्छ, नत्र भोलि गएर फेरि यस्तै आन्दोलन हुन्छ : मुख्यसचिव अर्याल
सारांश
- मुख्यसचिव एकनारायण अर्यालले युवा केन्द्रित आर्थिक रणनीति आवश्यक रहेको बताए।
- उनले रोजगारी र अवसर सिर्जनामा जोड दिँदै विदेश जाने बाध्यता कम गर्नुपर्ने बताए।
- अर्यालले युवा र राज्यको क्षमताबीचको अन्तरबारे नागरिकलाई बुझाउनुपर्ने बताए।
काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरुरी रहेको बताएका छन्। उनले विकासलाई मूल मन्त्र ठानेर आन्दोलन गरे मात्रै सफल हुने जिकिर गरे।
शनिबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘राष्ट्रिय वृहत् आर्थिक बहस २.०’ लाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले रोजगारी र अवसर सिर्जनाको निर्णयमा अब छलाङ मार्नुपर्ने आवश्यकता रहेको बताएका हुन्। उनले आन्तरिक रोजगारी बढाएर विदेश जानुपर्ने बाध्यता कम गर्दै लैजानुपर्नेमा जोड दिए।
मुख्यसचिव अर्यालले युवाको आकाङ्क्षा र राज्यको क्षमताबिचमा ठुलो अन्तर रहेको बताउँदै यसबारे आम नागरिकलाई बुझाउन जरुरी रहेको बताए। उनले जेनजी आन्दोलनको सन्देशलाई मनन गर्दै शासन र सेवाप्रतिको अपेक्षा बदलिएकाले विगतमा गर्न नसकिएका कुराहरू अब गर्नुपर्ने बताए। ‘हिजो गर्न सकेनौँ भने अब गर्नुपर्छ, नत्र भोलि गएर फेरि यस्तै आन्दोलन हुन्छ,’ उनले भने।
मुख्यसचिव अर्यालले नेपालको विकासको मोडल फरक हुनुपर्ने र तीन तहका सरकारबिच समन्वय हुन नसक्दा पनि विभिन्न समस्याहरू आइरहेको जिकिर गरे। उनले फरक फरक ढंगले गरिने विकासले नेपाललाई समृद्ध बनाउन नसक्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण