मधेस प्रदेश
मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाए राजीनामा पत्र
शनिबार, २२ कात्तिक २०८२, १९ : ५५
सारांश
- मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छन्।
- शनिबार मधेस प्रदेशसभामा राजीनामा घोषणा गरेपछि उनले प्रदेश प्रमुखलाई राजीनामा बुझाए।
- मुख्यमन्त्री सोनलले मुख्यमन्त्री पदमा रहँदा सहयोगका लागि सबैलाई धन्यवाद दिए।
धनुषा । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छन् । शनिबार मधेस प्रदेशसभामा राजीनामा घोषणा गरेलगत्तै उनले प्रदेश प्रमुखकहाँ पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाएको राजीनामा पत्रमा भनिएको छ : ‘मधेस प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको छु । मुख्यमन्त्री पदमा रहँदा सबैबाट प्राप्त सहयोगका लागि सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
सोनलले आजै प्रदेशसभा बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण