आलमको निधनले दुई दिन पर सर्यो कांग्रेस केन्द्रीय समिति
सारांश
- पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएपछि कांग्रेस केन्द्रीय समिति बैठक दुई दिन सारियो।
- आलमको निधनपछि कांग्रेसले तीन दिन शोक मनाउने निर्णय गरेको छ र झण्डा आधा झुकाउनेछ।
- पार्टीको १५औँ महाधिवेशनबारे छलफल गर्नका लागि बैठक जारी थियो।
काठमाडौँ । पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलको निधन भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई दिन पर सरेको छ ।
आइतबार (आज) बिहान साढे ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक मंगलबार बिहान साढे ११ बजेसम्मका लागि सारिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मृगौलासम्बन्धी रोगबाट पीडित आलमको शनिबार बिहान निधन उपचारका क्रममा निधन भएको थियो । आलमको निधनपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कार्त्तिक २२, २३ र २४ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यकालहरूमा झन्डा आधा झुकाउने, कार्त्तिक २३ गते (आज) केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने र ३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको थियो ।
कांग्रेसमा पूर्वकेन्द्रीय सदस्यको निधन भएपछि तीन दिनसम्म शोक बनाउने परम्परा छ ।
गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ । महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूका फरक–फरक धारणा राखिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण