बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पूर्व–पश्चिम राजमार्गको बौनियाँ–सुखड खण्डको अवरोध हट्यो

आइतबार, २३ कात्तिक २०८२, १० : ४५
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • कैलालीको घोडाघोडीमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयले राजमार्ग बन्द गरेका थिए।
  • दुर्घटनामा बर्दगोरियाका ५५ वर्षीय साइकल यात्रीको मृत्यु भएको थियो भने तीन जना घाइते भएका छन्।
  • प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ, र राजमार्ग अहिले सुचारु भएको छ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा आइतबार बिहान जिपको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले अवरुद्ध गरेको पूर्व–पश्चिम राजमार्गको बौनियाँ–सुखड खण्ड अहिले सुचारु भएको छ।

बिहान करिब साढे ५ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपले ठक्कर दिँदा साइकल यात्री र पैदलयात्री घाइते भएका थिए। दुर्घटनामा बर्दगोरिया गाउँपालिका–६ का ५५ वर्षीय साइकल यात्री शंकर डगौराको मृत्यु भएको थियो। तीन जना घाइते छन्।

घटनापछि आक्रोशित स्थानीयहरूले निष्पक्ष छानबिन र मृतकका परिवारलाई न्यायको माग गर्दै राजमार्ग बन्द गराएका थिए। त्यसकारण सवारी आवागमन ठप्प भएको थियो। प्रहरीले जिप चालक रोल्पा त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्तोष घर्तीमगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप