आज ३० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
सारांश
- नेपाल राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप तान्न लागेको छ, अधिक तरलता व्यवस्थापन गर्न बोलकबोलमार्फत निक्षेप तानिनेछ।
- बैंक तथा वित्तीय संस्थाले बोलकबोलमा भाग लिन सक्नेछन्, जसमा ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ।
- निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८२ माघ १८ गते भुक्तानी हुनेछ, र न्यूनतम १० करोड रुपैयाँ बोल गर्न सकिनेछ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप तान्दैछ । दशैँ तिहारपछि पनि निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो ।
अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप सङ्कलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।
निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८२ माघ १८ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
खासगरी केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप सङ्कलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ ।
यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप सङ्कलन उकरण प्रयोग गर्दै आएको छ ।—न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण