बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

एमएडब्लू वृद्धिद्वारा देशभर १४० भन्दा बढी फास्ट चार्जिङ स्टेसन सञ्चालन

आइतबार, २३ कात्तिक २०८२, १३ : ३६
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • एमएडब्लू वृद्धिले नेपालभर १४० भन्दा बढी फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।
  • कम्पनीले यसै वर्ष थप १०० फास्ट चार्जिङ स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ।
  • चार्जिङ स्टेसनहरूले ईभी प्रयोगकर्ताहरूलाई सहज यात्रा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

काठमाडौँ । एमएडब्लू वृद्धिले नेपालभर विद्युतीय सवारी (ईभी) को विकासलाई तीव्र बनाउँदै १४० भन्दा बढी सीसीएस टू फास्ट चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ। ईभी प्रयोगकर्ताहरूलाई सहयोग पुर्‍याउने र देशभर दिगो यातायातलाई प्रवर्द्धन गर्ने क्रममा कम्पनीको यो उपलब्धि महत्वपूर्ण मानिएको छ।

कम्पनीले यसै वर्षको अन्त्यसम्म थप १०० भन्दा बढी फास्ट चार्जिङ स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ, जसले ईभीधनीहरूका लागि प्रमुख सहर, राजमार्ग र ग्रामीण क्षेत्रमा ईभी यात्रा सहज बनाउने कम्पनीको भनाई छ। चार्जिङ नेटवर्कले पूर्व-पश्चिम राजमार्ग, प्रमुख पर्यटन मार्गहरू र नाका क्षेत्र जस्ता रणनीतिक स्थानहरूलाई समेटेको छ, जसले २४/७ पहुँच र भरपर्दो सेवा सुनिश्चित गर्छ।

एमएडब्लू वृद्धिका मार्केटिङ तथा चार्जिङ पूर्वाधार प्रमुख प्रकाश सुवेदीले भने, ‘हाम्रो लक्ष्य भनेको सबैका लागि सहज, स्वच्छ र भरपर्दो इलेक्ट्रिक मोबिलिटी सुनिश्चित गर्नु हो।’

 चार्जिङ स्टेसनहरूमा धेरै ब्राण्डका ईभीले प्रयोग गर्न मिल्ने फास्ट सीसीएस टू चार्जरहरू छन्। ग्राहकहरूले ‘MAW Speed Chargers’ एप प्रयोग गरेर नजिकको चार्जिङ स्टेसन सजिलै पत्ता लगाउन सक्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप