शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

बेपत्ता दुई भारतीय नागरिकको शव फेला

आइतबार, २३ कात्तिक २०८२, १५ : १६
आइतबार, २३ कात्तिक २०८२

काठमाडौँ।  मनाङमा दुई भारतीय नागरिकको शव फेला परेको छ । ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाई पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो फेला परेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले बताए । 

मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कार्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनी हिँडेका उनीहरू कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका थिए । 

उनीहरू सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।

सम्पर्कविहीन भएका उनीहरूको तालिम शिक्षालय मनाङले खोजीकार्य गरिरहेकोमा नभेटिएपछि पुनः आज सशस्त्र प्रहरी नायव उपरीक्षक हिरा बहादुर जिसिको कमाण्डमा उद्धार सामाग्रीसहित खटिएको माउण्टेन रेस्क्यु तालिम प्राप्त टाेलीले उनीहरूको शव उक्त गुम्बाबाट करिब एक सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा फेला परेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप