निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्ने मागसहित कांग्रेस संस्थापनका दर्जन बढी केन्द्रीय सदस्यको भेला
सारांश
- फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अगाडि महाधिवेशनको माग गर्दै कांग्रेसका १३ नेताको भेला।
- सोल्टिमोडस्थित नेता राजेन्द्र केसीको घरमा भेला भएका नेताहरूले पार्टीको १५ औँ महाधिवेशनको माग गरे।
- केन्द्रीय सदस्य आङगेलु शेर्पाका अनुसार, भेलामा दुई दर्जनभन्दा बढी नेताहरूको समर्थन रहेको छ।
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने मागसहित कांग्रेस संस्थापन पक्षका १३ नेताले भेला गरेका छन् । सोल्टिमोडस्थित केन्द्रीय सदस्य राजेन्द्र केसीको घरमा नेताहरू भेला भएका हुन् ।
भेलामा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाले त्यहाँ केसीसहित डा.डिला संग्रौला, पुष्पा भुसाल, प्रदीप सुनुवार, मदनकृष्ण श्रेष्ठ, अब्दुल सत्तार, योगेन्द्र चौधरी, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, धना खतिवडा, नानु बास्तोला सहभागी भएको रातोपाटीलाई जानकारी दिए ।
भेलामा दुई दर्जन बढीको समर्थन रहेको शेर्पाले बताए पनि को–को हुनुहुन्थ्यो भन्दा उनले यी केन्द्रीय सदस्यको नाम बताएका थिए । यी नेताहरू १४ औँ महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाको प्यानलबाट निर्वाचन लडेर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
गत असोज २८ गतेबाट जारी केन्द्रीय समिति बैठकमा यी नेताहरूले प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको १५ औँ महाधिवेशन हुनुपर्ने बताएका थिए । त्यही स्टेन्थलाई कायम राख्न आफूहरूले भेला गरेको शेर्पाले जानकारी दिए ।
कांग्रेस बैठकमा महामन्त्री गगन थापाले पुस १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन हुनुपर्ने कार्यतालिका पेस गरेका छन् । उनलाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन हुनुपर्ने तेस्रो तालिका पेस गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण