देश बनाउने डिपिआरसहित आएको छु : रेशम चौधरी
काठमाडौँ । पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश बनाउने डिपिआरसहित आफू लागिपरेको बताएका छन् ।
नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक राजनीतिक दल दर्ताका पहलका लागि निर्वाचन आयोगमा पुगेका उनले यस्तो बताएका हुन् ।
आफू कारागारमा बस्दा राजनीतिक विश्वविद्यालयझैँ राजनीति बुझेर बाहिर आएको बताए । उनले अब आफूले कारागारमा हुँदा तयार पारेको देश बनाउने डिपिआर लागू गर्दै अघि बढ्ने बताए ।
जनताले गरेका इच्छा,आकांक्षालाई लक्ष्यमा पुर्याउनु हरेक नागरिकको कर्तव्य भएको उनको भनाइ छ ।
उनले भने,‘जनताले गरेका इच्छा,आकंक्षालाई लक्ष्यमा पुर्याउनु हरेक नागरिकको कर्तव्य हो । राजनीतिमा परिवार भन्ने हुँदैन । पहिला जनता र त्यसपछि देश हुन्छ । देश र जनता मिलाउन सक्नु अर्को फरक कुरा हो । परिवार मिलाउन सक्नु नसक्नु फरक कुरा हो । राजकाज र राजनीति भनेकै देश र जनताको क्षेत्राधिकारको कुरा हो । लक्ष्यमा जनता कसरी समेट्ने भन्ने हो । जनताको आकांक्षा र अपेक्षा पूरा गर्न लाग्नेछौँ । ८ वर्ष कारागारमा रहेर अध्ययन गरेको राजनीतिक युनिभर्सिटीले मलाई छुट्टै एउटा देश बनाउने डिपिआर खडा गर्न बाध्य बनायो ।’
नेता चौधरीले राजकाज र राजनीति भनेकै देश र जनताको लागि भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण