आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

केन्द्रीय कारागारबाट भागेका ज्यान मुद्दाका कैदी पक्राउ

आइतबार, २३ कात्तिक २०८२, २० : ४३
आइतबार, २३ कात्तिक २०८२

काठमाडौँ । केन्द्रीय कारागार, जगन्नाथ देवलबाट भदौ २४ गते भागेका कर्तव्य ज्यान मुद्दाका कैदी विनोद सुनार पक्राउ परेका छन् ।

नुवाकोट, लिखु गाउँपालिका- ६ का २९ वर्षीय सुनारले कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका थिए । उनी २०७७ साल असार १३ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

सुनारलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौँको तारकेश्वर नगरपालिका–५, अर्यालटारबाट पक्राउ गरेको हो ।

सुनारलाई तत्कालै केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् । 

सुनारले अब २० वर्ष कैद भुक्तान गर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप