मन्त्रीमा प्रस्तावित गणपतिलालले क्यानसँग मागे सूचना
आइतबार, २३ कात्तिक २०८२, २१ : ४५
१
काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा प्रस्तावित गणपतिलाल श्रेष्ठले नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)सँग सूचना मागेका छन् ।
आइतबार उनले सम्पदा संरक्षणको लागि आवश्यक पर्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित विषयमा सूचना माग गरेका हुन् ।
श्रेष्ठले क्यानसँग सूचना माग गरेका विषयहरू
- हिजो मिति २०८२–०७–२२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको एयर फिल्ड लाइटिङ प्रणालीमा समस्या आएर उडान प्रभावित भएको भनी जानकारी विभिन्न सञ्चार माध्यमबाट प्राप्त हुन आयो सो एयर फिल्ड लाइटिङ प्रणालीमा समस्या आउनुको कारण के रहेछ ?
- सो समस्या थाहा पाउन र समाधान गर्न के कारण अन्तर्राष्ट्रिय विमानस्थलमा त्यति लामो समय लागेको हो ?
- सो प्रणालीलाई समय समयमा चेकजाँच गर्ने गरिएको छ वा छैन तथा समय समयमा सो प्रणालीको मर्मत गर्ने गरिएको छ वा छैन ? हालै सो प्रणालीको चेकजाँच कहिले भएको थियो र मर्मत कहिले भएको थियो ? हाल प्रयोगमा रहेको प्रविधि र प्रणाली यस विमानस्थलमा कहिले सञ्चालनमा ल्याइएको हो ?
- होल्डमा रहेको कति वटा विमानहरू भारतको दिल्ली लगायतको स्थानमा डाईभर्ट भएको जानकारी सञ्चार माध्यमबाट हुन आयो सो विमानहरूलाई नेपालमा नै रहेको अन्य दुई अन्तर्राष्ट्रिय विमानस्थल गौ बुद्ध र पोखरामा डाईभर्ट गर्न नसकिएको कारण के हो?
उल्लेखित सूचनाको प्रतिलिपि शीघ्र उपलब्ध गराउन उनले आग्रह समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण