सिरहामा भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने
आइतबार, २३ कात्तिक २०८२, २२ : ०४
सारांश
- भारतको विहार राज्यमा हुने निर्वाचनलाई मध्यनजर गर्दै सिरहाको सीमा नाका बन्द गरिने भएको छ।
- जिल्ला प्रशासन कार्यालयका अनुसार सीमा नाका तीन दिनका लागि बन्द हुनेछन्।
- प्रमुख जिल्ला अधिकारीका अनुसार मानवीय र आकस्मिक आवागमन बाहेक अन्य आवागमन बन्द हुनेछ।
सिरहा । भारतको विहार राज्यमा हुने विधानसभा आमनिर्वाचनलाई मध्यनजर गरी सिरहाको सीमावर्ती नाका आज रातिदेखि बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी गरिएको सूचनामा भारतको विहार राज्यमा हुने विधानसभा निर्वाचनका कारण सिरहासँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार यही कात्तिक २३ गते राति १२ बजेदेखि कात्तिक २५ गते राति १२ बजेसम्मका लागि सीमानाका बन्द गरिने छन् । उनका अनुसार, यस अवधिमा मानवीय र आकस्मिक बाहेकका आवागमन पूर्ण रूपमा बन्द गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण