विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला
सारांश
- बाँके, कालिकोट, गुल्मी र रौतहटमा गरी ५ जना मृत अवस्थामा फेला परेका छन्।
- बाँकेको नेपालगञ्जमा एक पुरुष, कालिकोटमा एक महिला, गुल्मीमा एक महिला र रौतहटमा एक पुरुष र एक महिला मृत भेटिए।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । देशका विभिन्न चार जिल्लामा गरी ५ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० स्थित महेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गणभित्र हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्। यसैगरी, कालिकोटको नरहरीनाथ गाउँपालिका-९, लालुबन बस्ने २४ वर्षीया बिमला शाही सोमबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।
उता, गुल्मीको गुल्मीदरबार गाउँपालिका-१, बोटे गाउँ बस्ने ५० वर्षीया दिलकुमारी बोटे सोही ठाउँस्थित बोक्सिरह भन्ने स्थानमा आइतबार मृत अवस्थामा फेला परेकी छिन्। रौतहटको गौर नगरपालिका-५ बरहवा पुलस्थित बरहवा खोलामा चन्द्रपुर नगरपालिका-६ बस्ने २० वर्षीय सुनिल कुमार कहार सोमबार मृत अवस्थामा फेला परेका छन्। रौतहटकै चन्द्रपुर नगरपालिका-१, मंगलपुरस्थित बागमती नदी किनारमा महोत्तरी गौशाला नगरपालिका-८, बेलगाछी बस्ने ५५ वर्षीया निम माया कार्की आइतबार मृत अवस्थामा फेला परेकी छिन्।
यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण