नइले विजय मल्लको शताब्दी मनाउने
सोमबार, २४ कात्तिक २०८२, १३ : १३
सारांश
- नइ एकेडेमीले नाटककार विजय मल्लको शताब्दी महोत्सव आयोजना गर्ने भएको छ।
- महोत्सवको आर्थिक संयोजकमा सुरबहादुर श्रेष्ठ रहेका छन्।
- महोत्सवमा विजय मल्लको जीवनी र नारीवादी नाटककार विषयक कृति प्रकाशित हुनेछन्।
काठमाडौँ । नइ एकेडेमीले सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवको आयोजना गर्ने भएको छ ।
नइ एकेडेमीका पूर्व कोषाध्यक्ष सुरबहादुर श्रेष्ठ विजय मल्ल शताब्दी महोत्सवको आर्थिक संयोजक रहेका छन् ।
विजय मल्लको जन्म १९८२ सालमा काठमाडौँमा भएको थियो ।
विजय मल्ल शताब्दी महोत्सवका अवसरमा डा. साधना प्रतीक्षाकृत 'नारीवादी नाटककार विजय मल्ल' र नरेन्द्रराज प्रसाईबाट लिखित 'विजय मल्लको जीवनी' कृति प्रकाशित गरिने भएको छ ।
नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
विशिष्ट बौद्धिक स्रष्टा विजय मल्ल भन्नु नाट्यसम्राट् बालकृष्ण सम र
महाकवि लक्ष्मीप्रसाद देवकोटाले जस्तै बहुआयामियक सिर्जनात्मक योगदान गर्ने अमर व्यक्तित्व भएको नइ एकेडेमीको भनाइ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण