कागेश्वरी मनोहराको जुवा खालमा प्रहरीको छापा, १३ जना पक्राउ
सोमबार, २४ कात्तिक २०८२, १७ : १८
सारांश
- कागेश्वरी मनोहरा नपा-६ मा जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन्।
- प्रहरीले १ लाख ८० हजार नगद र ३ बुक तास बरामद गरेको छ।
- खाजा घरमा जुवा खेलाउने महिला मकवानपुरकी हुन् र घटनाबारे अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–६ मा सञ्चालित जुवा खालमा छापा मारेर प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । आइतबार मुलपानी स्थित सिर्जना टोलमा निर्मला मोक्तानले सञ्चालन गरेको खाजा घरमा सञ्चालित जुवा खालमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले छापा मारेको हो ।
जुवा खालबाट १ लाख ८० हजार नगद र ३ बुक तास नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । खाजा घर सञ्चालन गर्ने मोक्तान मकवानपुरको हेटौँडाकी स्थानीय हुन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण