कमाउन गएका श्रीमानको शव आएपछि श्रीमति बेहोस, शोकमग्न दाङ
बुटवल –शुक्रबार मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा परि एकै गाँउका ३ जनाको मृत्यु भएपछि दाङको राप्ती गाँउपालिका ३ सुकुमवासी टोल शोकमा डुबेको छ ।
राप्ती गाउँपालिका ३ सुकुम्वासी टोलकी ३१ वर्षिय कविता घर्ती ,कैलाली घर भइ सुकुम्वासी टोलमा माइतीघर भएकी २२ वर्षिया विन्ती घर्ति र सोही गाउँ निवासी ६५ नम्वर टोलका ३५ वर्षिय सुवेर चौधरीको ट्रिपर दुर्घटना परी मृत्यु भएको थियो । एउटै गाउँका तीन जनाको दुर्घटनामा मृत्यु हुदाँ सिंगो गाँउ शोकमग्न बनेको हो ।
दैनिक मजदुरी गरी जीविका चलाउदै आएका कविता र सुवेर दैनिक ६ सय रुपैया दिने सहमतिमा वैशाख महिनामा मुस्ताङ पुगेको कविताकी छोरी श्रृजनाले बताइन् । त्यस्तै सुवेरकी पत्नी देवन्ती चौधरी श्रीमानको मृत्यूको खबरले बेहोसी अवस्थामै छिन् । भखैर मात्र टिनको छाना लगाइ घर बनाएर मजदुरी गर्न गएका श्रीमानको काम गर्ने क्रममा मृत्यु भएपछि परिवार संकटमा परेको छ ।
उनिहरुसंगै राजपुर गाँउपालिकाका २ जनाको पनि दुर्घटना परि मृत्यु भएको छ । राजपुर गाउपालिका १ निवासी ३० बर्षिय बालकुमार घर्ति र राप्ती गाउपालिका–३ निवासी २५ वर्षिय कमल बुढाको मृत्यु भएको थियो ।
उक्त दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । दाङ , कैलाली र कपिलवस्तुका मृतक मजदुरहरुको शव शनिवार दिउ्रँसो नेपाली सेनाको हेलिकेप्टरद्धारा लमहीमा ल्याएको थियो । उनीहरुको शव लमही अस्पतालमा पोष्टमाटम पछि आफन्तलाइ बुझाइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरक्षक अरुण कुमार सिहले बताएका छन् ।
उनीहरु मुस्ताङमा राम्रो कमाई हुने आशामा मजदुरी गर्न गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण