क्षमापूजा गरेर सुरु भयो ऐतिहासिक गहना पोखरीको पुनर्निर्माण (तस्बिरहरू)
सारांश
- काठमाडौँ महानगरपालिका ५ मा अवस्थित गहना पोखरीको पुनर्निर्माण कार्य सुरु भएको छ।
- करिब ५२ लाख रुपैयाँको लागतमा पोखरी पुरानो शैलीमा पुनर्निर्माण गरिनेछ।
- पुनर्निर्माणले पोखरीलाई प्राचीन स्वरूपमा फर्काउने र हाँडीगाउँको सांस्कृतिक पहिचानलाई पुनर्जीवित गर्ने लक्ष्य राखेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ मा अवस्थित ऐतिहासिक गहना पोखरीमा पुनर्निर्माण कार्य सुरु गरिएको छ।
हाल पोखरी वरिपरि अस्थायी जस्ता राखेर ढाक्ने–छेक्ने तयारी भइरहेको छ भने पोखरीको पानी समेत निकास गरिएको छ। पोखरी वरिपरि जस्ता राख्ने तयारी पूरा भएपछि पुनर्निर्माण कार्य औपचारिक रूपमा पूर्ण रूपमा सुरु हुनेछ ।
_agNjYgLPQ5.jpg)
यस अन्तर्गत वरिपरिका बारहरू हटाइने र सम्पूर्ण संरचना पुरानो शैलीमा पुनर्निर्माण गरिनेछ। करिब ५२ लाख रुपैयाँ लागतमा भइरहेको यो परियोजना काठमाडौँ महानगरपालिकाको मातहतमा अघि बढाइएको हो। यस पुनर्निर्माणले गहना पोखरीलाई यसको प्राचीन स्वरूपमा फर्काउने र हाँडीगाउँको सांस्कृतिक पहिचानलाई पुनर्जीवित गर्ने लक्ष्य राखेको छ।
_hZJJtF60Nu.jpg)
गहना खोज्ने जात्राका लागि प्रसिद्ध यो पोखरी एक समय आफ्नो अनौठो बनोटका कारण विशेष अनुभव दिने स्थल मानिन्थ्यो। पुरानो संरचनाअनुसार, पोखरीका किनारहरू तल र बिचभाग गहिरो बनाइएका थिए, जसले जात्रामा सहभागीहरूलाई बिस्तारै भिजाउँदै केन्द्रतिर लैजाने अनुभूति दिन्थ्यो।
_kjgmlA3Rgt.jpg)
पुनर्निर्माणपछि सो ऐतिहासिक डिजाइन पुनर्स्थापित गरिनेछ। काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका अनुसार, यो परियोजना सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्जीवनका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण छ। पुनर्निर्माणपछि पोखरी वरिपरि हरियाली क्षेत्र, बालमैत्री स्थान, फल्चा तथा परम्परागत पैदलमार्ग निर्माण गरिने योजना छ।
_juXIiAhCQB.jpg)
लोककथा अनुसार, गहना खोज्ने जात्रासँग सम्बन्धित यस पोखरीमा कहिल्यै ननिभ्ने आगो निस्कने झरना र सुनको बाकस देखिन्थ्यो। जसलाई निकाल्ने प्रयास गर्नेहरू पोखरीमै हराउने विश्वास छ। जनश्रुतिअनुसार, उक्त सुन भविष्यका बुद्ध मैत्रेयको मुकुटको गहना थियो, जसको रक्षा नागदेवताले गर्थे।
_lODdBGW1Fg.jpg)
लिच्छवि कालीन नगर सभ्यताको केन्द्र मानिने हाँडीगाउँ आज पनि मन्दिर, चैत्य, विहार, मूर्तिहरू र पुरातात्त्विक अवशेषका कारण नेपालको सबैभन्दा पुरानो सांस्कृतिक स्थलमध्ये एकको रूपमा परिचित छ। तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी
_6TUnSgAwOq.jpg)
_RRYPcMNyp3.jpg)
_BKbDmpxp1c.jpg)
_u1E75727fx.jpg)
_JNe1xO7i4N.jpg)
_hO08vFsAA8.jpg)
_t3K05hTvbm.jpg)
_OWCbUPHVZR.jpg)
_HeYKgLEYJ8.jpg)
_4ZaqIFWPS5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण