कपिलवस्तुको सुठौली नाकाबाट २१८ बोरा युरिया मल बरामद
मङ्गलबार, २५ कात्तिक २०८२, ११ : ०८
सारांश
- कपिलवस्तुको सुठौली नाकाबाट भन्सार छलेर ल्याएको २१८ बोरा युरिया मल बरामद गरियो।
- सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले दशगजा क्षेत्रमा लुकाएर राखिएको मल फेला पारेको हो।
- मल तस्करी गर्नेहरूले यशोधरा गाउँपालिका-७ को बगैँचामा मल लुकाएका थिए।
काठमाडौँ । कपिलवस्तुको सुठौली नाकाबाट भन्सार छलेर ल्याएको २१८ बोरा युरिया मल बरामद गरिएको छ । सशस्त्र प्रहरीको मर्यादपुर बिओपी र भन्सार कार्यालयको टोलीले लुकाएर राखेको अवस्थामा रासायनिक मल बरामद गरेको हो ।
दशगजा क्षेत्रमा लुकाएर राखेको सुराकको आधारमा मल बरामद गरिएको सुठौली भन्सार कार्यालयका भन्सार अधिकृत किरण विष्टले रातोपाटीलाई बताए । मल तस्करी गर्नेहरूले सो मल दशगजा क्षेत्रको बगैँचामा लुकाएर राखेका थिए । यशोधरा गाउँपालिका वडा नम्बर–७ मा मल लुकाएर राखिएको सूचना आएपछि नम्बर–२८ गण कपिलवस्तुबाट पनि सशस्त्र प्रहरीको थप टिम परिचालन गरिएको गणपति (एसपी) नेत्र केसीले जानकारी दिए ।
सुठौली नाका कृष्णनगर पछिको दोस्रोको दोस्रो नाका मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण