मुख्यमन्त्री नियुक्ति विवाद
मधेस प्रदेशका ७४ सांसद रिट निवेदन लिएर सर्वोच्च पुगे
मङ्गलबार, २५ कात्तिक २०८२, १२ : ०७
सारांश
- मधेस प्रदेशका ७४ सांसद मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन्।
- कांग्रेस, जसपा, माओवादी केन्द्र र लोसपाका नेताहरू रिट लिएर सर्वोच्च पुगेका हुन्।
- मुख्यमन्त्री नियुक्ति संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नभएको उनीहरूको भनाइ छ।
काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरू रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन्सहितका नेताहरू सर्वोच्च पुगेका हुन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध आफूहरू सर्वोच्चमा रिट लिएर आइपुगेको मधेस प्रदेशको काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले बताए ।
मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्त असंवैधानिक तरिकाबाट भएको भन्दै ७४ जना सांसद सर्वोच्च आइपुगेको यादवले रातोपाटीसँग बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण