बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
कांग्रेस बैठक

तीन दिन रोकिएको कांग्रेस बैठक सानेपामा पुन: सुरु, तस्बिरहरू

मङ्गलबार, २५ कात्तिक २०८२, १३ : ५८
मङ्गलबार, २५ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा पुनः सुरु भएको छ। कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनका कारण तीन दिन रोकिएको यो बैठक मंगलबार बसेको हो।

गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो। पार्टीले देशमा 'जेनजी आन्दोलन' पछि उत्पन्न भएको परिस्थितिको विश्लेषणसँगै पार्टीको भूमिका र आगामी रणनीतिक बाटो तयार पार्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। गत असोज २८ गते सुरु भएको यो बैठक हालसम्म सकिएको छैन।

यस बैठकमा कांग्रेसभित्र पार्टीको १५औँ महाधिवेशन नियमित समयमा गर्ने वा विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा पनि छलफल र बहस चलिरहेको छ।

.picasaCongress Meeting_NPL (1)Congress Meeting_NPL (2)Congress Meeting_NPL (3)Congress Meeting_NPL (4)Congress Meeting_NPL (6)Congress Meeting_NPL (7)Congress Meeting_NPL (9)Congress Meeting_NPL (10)Congress Meeting_NPL (11)gagan thapa (1)gagan thapa (2)purna bahadur

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप