शीर्ष नेताहरूले क्रियाशील सदस्यता टुङ्गो लगाउन मद्दत गरेनन् : रसाइली
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले क्रियाशील सदस्यता टुङ्ग्याउन पार्टीका शीर्ष नेताहरूले नै सहयोग नगरेको बताएका छन् ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यसमेत रहेका रसाइलीले यस्तो बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्दै स्नेहीले शीर्ष तहका नेताहरूले आफ्नै स्थानको क्रियाशील सदस्यता टुङ्गो लगाउन सहयोग नगरेको आरोप लगाएका हुन् ।
उनले क्रियाशील सदस्यता नवीकरण नगरे कारबाही गर्ने अधिकारी समितिलाई नभएको बताए । समितिबाट अहिलेसम्म ३६ पटक ताकेता गर्दा पनि सदस्यता नवीकरण नगरिएको उनको भनाइ छ । ‘महामन्त्री र समिति सदस्यले गरेनन् भनेर हुन्छ ? ३६ पटक ताकेता गरिएको छ,’ स्नेहीले भने ।
७२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भएको र ६ लाख क्रियाशील सदस्यता वडाबाट माथिल्लो तहमा पुगेको बताए । स्नेहीले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको भन्दै उनीहरूको माग सम्बोधन गरिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण