सोमराज अभयको महाकाव्य 'शेषराज दाइ' लोकार्पण
विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्म जयन्तीको अवसर पारेर सोमराज अभयको महाकाव्य ‘शेषराज दाइ’ लोकार्पण भएको छ ।
विराटनगरमा छन्दवाटिका नेपालले मंगलबार आयोजना गरेको कार्यक्रममा सो महाकाव्य लोकार्पण भएको हो ।
उक्त कृतिको टिप्पणी गर्दै समालोचक डा. दीपक न्यौपानेले वैचारिक र समाजले भोगेको समयको यथार्थको धरातलमा महाकाव्य आएको बताए । उनले भने, ‘भाषा शैली परम्परागत भए पनि कृति कथा र विचारका दृष्टिले राम्रो छ ।’
कृतिका बारेमा बोल्दै प्रा डा हरिहर भण्डारीले अभय मोरङका सबैभन्दा बढी महाकाव्य लेख्ने कवि भएको बताए । उक्त महाकाव्यमा एघार सर्गहरू छन् र यो अभयको चौथो महाकाव्य हो । कार्यक्रममा इटहरी, बोलबारी, सुन्दर हरैचा, इनरुवा र विराटनगरका साहित्यकारहरूको उपस्थिति थियो । छन्द वाटिका नेपालले संस्थाको स्थापना भएदेखि नै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म दिन कात्तिक २७ गतेलाई आधार मानेर विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।
कार्यक्रममा प्राडा टंक न्यौपाने, प्राज्ञ विवश पोखरेल, प्राडा मेदिनी शर्मा, प्रा कविराज न्यौपाने, प्रगतिवादी साहित्यकार रामप्रसाद खरेल, डा देवी पन्थी, अग्रज साहित्यकारहरू बलराम पोखरेल, डमरु बल्लभ भण्डारी, कुशेश्वर राई, सरला चापागाईं लगायतको उपस्थिति थियो ।
छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेल र प्रमुख अतिथि र प्राडा टङ्क न्यौपानेलगायत उपस्थित अतिथिहरूले संयुक्त रूपमा महाकाव्य विमोचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण