विद्युतीय शवदाह गृहको मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
सारांश
- पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु भएको छ।
- अख्तियारले डा. मिलनकुमार थापासहित १४ जना र दुई कम्पनीविरुद्ध १० करोडभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरेको थियो।
- शवदाह मेसिन खरिद प्रक्रियामा मिलेमतो र अनियमितता गरेको आरोप उनीहरूमाथि लागेको छ।
काठमाडौँ । पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ । बुधबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ८ गते पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा.मिलनकुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
पशुपति परिसरमा विद्युतीय शव दाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना गरेको, हानि–नोक्सानी पुर्याएको र भ्रष्टाचारमा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो माग दाबीसहित मुद्दा दायर गरिएको हो ।
आयोगका अनुसार मुद्दा खेप्नेहरूमा तत्कालीन सदस्य–सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा, अन्य कर्मचारीहरू तथा दुई कम्पनीहरू रहेका छन् ।
अख्तियारको दाबीअनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा शव दाह मेसिन खरिद प्रक्रिया सुरु गर्नुअघि नै आफू अनुकूल कम्पनीलाई ठेक्का दिने योजना बनाएका थिए । सोही क्रममा उनीहरूले विभिन्न चरणमा बदनियतपूर्वक कार्य गरेको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
आयोगका अनुसार अनुभव विहीन परामर्शदाता कम्पनी ‘एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी’ लाई फर्जी कोटेसनका आधारमा परामर्श सेवाको जिम्मा दिइएको थियो।
सोही कम्पनीमार्फत भारतीय रुपैयाँमा ३२ लाख ५० हजार पर्ने मेसिनलाई नेपाली रुपैयाँमा १ करोड ५२ लाख पर्ने देखाई अस्वाभाविक रूपमा लागत अनुमान तयार गरिएको दाबी अख्तियारले गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण