भूपाल बराललाई राजस्व सचिवको जिम्मेवारी
सारांश
- सरकारले डेढ महिनादेखि रिक्त रहेको अर्थ मन्त्रालयको राजस्व सचिवमा भूपाल बराललाई नियुक्त गरेको छ।
- सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशका प्रमुख सचिव बराललाई राजस्व सचिवमा सरुवा गरेको हो।
- राजस्व प्रशासनमा लामो अनुभव भएका बराल यसअघि आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागको महानिर्देशक थिए।
काठमाडौँ । सरकारले डेढ महिनादेखि रिक्त रहेको अर्थ मन्त्रालयको राजस्व सचिव पदमा अनुभवी प्रशासक भूपाल बराललाई जिम्मेवारी दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा बागमती प्रदेशका प्रमुख सचिव बराललाई अर्थ मन्त्रालयमा राजश्व सचिवका सरुवा गरिएको हो । बराल गत जेठ २२ गते मात्रै सचिवमा बढुवा भएको थिए ।
यसअघिका अर्थमन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेलाई अर्थमन्त्री खनाल आएपछि सुरुवा गरिएको थियो । अर्थ मन्त्रालयमा दुई सचिव रहँदै आएका थिए । तर अर्थमन्त्री खनाल आएसँगै एक मात्रै सचिव राखेर काम गर्ने योजना बनाए पनि पछिल्लो समय राजस्वको विषयहरू पेचिलो बन्दै गएपछि राजश्व सचिवमा राजश्वका अनुभवी प्रशासक बराललाई ल्याएको मन्त्रालयको भनाइ छ ।
राजस्व प्रशासनमा लामो अनुभव भएका बराल यसअघि आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागको महानिर्देशकका रूपमा काम गरिसकेका छन् । सहसचिवका रूपमा रहँदा उनले अर्थ मन्त्रालयको बजेट महाशाखा, आर्थिक नीति विश्लेषण महाशाखा र वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण