व्यवसायी देवीप्रकाश भट्टचन हाजिर जमानीमा रिहा
बुधबार, २६ कात्तिक २०८२, १४ : १४
काठमाडौँ । व्यवसायी देवीप्रकाश भट्टचनलाई हाजिर जमानीमा रिहा गरिएको छ । स्वास्थ्य अवस्थाका कारण उनलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता रामहरि काफ्लेले रातोपाटीलाई बताए ।
प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनलाई केन्द्रीय अनुसन्धान ब्युरोले कात्तिक ११ मा ललितपुरबाट पक्राउ गरेको थियो ।
भट्टचन विघटित प्रतिनिधिसभामा नेकपा (एमाले) बाट सांसद थिए । प्रभु रेमिटको रकम हिनामिना गरेको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरी अधिकृतहरू बताउँछन् ।
सरकारी वकिल कार्यालयको निर्णय अनुसार उनी थुनामुक्त भएका छन् । कसुरको प्रकृति हेर्दा उनलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण