सहमतिबाट निकास ननिस्किए केन्द्रदेखि वडासम्मका समिति विघटन गरौँ : बलबहादुर केसी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले वर्तमान केन्द्रीय कार्यसमिति बैठकले सहमतिबाट हाल देखिएको समस्याको समाधान निकाल्न नसके केन्द्रदेखि वडासम्मका सबै समिति विघटन गर्नुपर्ने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार धारणा राख्दै नेता केसीले निकास निकाल्न नसक्ने समितिको काम नभएको बताए ।
‘कार्यसमितिले सहमतिबाट निकास निकाल्न सक्दैन भने यसलाई राख्नुको के काम ?,’ केसीले भने, ‘केही गर्दा पनि पार्टी चल्दैन भने मेरो प्रस्ताव छ – केन्द्रदेखि वडासम्म सबै संरचना विघटन गरौँ ।’
केसीले पार्टीको सङ्कट समाधानका लागि महाधिवेशन अन्तिम विकल्प भएको बताए । उनले वर्तमान कार्यसमितिले निकास दिन नसके निर्वाचन गराउने नैतिक अधिकारसमेत गुमाउने उल्लेख गर्दै आफ्नो प्रस्तावलाई पार्टीको पुनर्जीवनका लागि आवश्यक ‘थेरापी’ भएको बताए ।
पार्टीभित्रको गुटगत राजनीति चरम अवस्थामा पुगेको र सामान्य प्रक्रियाबाट समाधान खोज्ने अवस्था नरहेको उनको भनाइ थियो ।अबको महाधिवेशनलाई शक्ति प्रदर्शनको थलो नबनाएर पार्टीको भविष्यबारे गम्भीर चिन्तन गर्ने चौतारी बनाउनुपर्ने प्रस्ताव केसीको छ ।
केसीले संस्थापन र इतर दुवै समूहका नेतृत्वमा रहेका नेताहरूको आलोचना गरे । इतर समूहका नेताहरू डा.शेखर कोइराला र गगन थापालाई एक हुन नसके संस्थापन पक्षसँग लड्ने तागत नै नहुने बताए ।
‘शेखरजी र गगनजी पहिला मिल्नुपर्यो, अनि मात्र तागतसहित संस्थापन पक्षसँग दरो कुरा राख्न सकिन्छ,’ केसीले भने, ‘संस्थापन पक्ष त्यसै त खेल्न सिपालु छ, कहिले गगनलाई लिइदिन्छ, कहिले शेखरलाई । शेरबहादुरजी नबोली–नबोली सबैलाई सिद्ध्याइदिने नेताभित्र पर्नुहुन्छ ।’
देउवाले पार्टीलाई सहमतिको आधारमा नभई गुटगत स्वार्थमा चलाएको आरोप केसीले लगाए ।
पार्टीभित्र एकताको वातावरण बनाउन महाधिवेशनअघि अनुशासनको कारबाहीमा परेका सबै नेता–कार्यकर्तालाई आममाफी दिनुपर्ने केसीको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण