मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जनकपुरमा दमन गर्ने प्रहरीलाई कारबाही गर्नुपर्छ– लोसपा

बुधबार, २६ कात्तिक २०८२, १६ : ०३
बुधबार, २६ कात्तिक २०८२

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसमा जारी आन्दोलनमा दमन गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेका छन् । 

अध्यक्ष ठाकुरले बुधबार एक विज्ञप्ति जारी गरी मुख्यमन्त्री नियुक्तका लागि मधेस प्रदेशको राजधानी जनकपुरमा भइरहेको आन्दोलनमाथि प्रहरीले बल प्रयोग गरी आन्दोलनकारीलाई घाइते बनाएको बताएका हुन् । 

तत्कालीन मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार 'सोनल’ ले विश्वासको मतका लागि समय माग गरिरहँदा सभामुख रामचन्द्र मण्डल संसद्को प्रक्रिया मिचेर अगाडि बढेका उनको आरोप छ । त्यसैले सोनलले राजीनामा दिनुपरेको ठाकुरले दाबी गरेका छन् । 

संविधानको धारा १६८ को (२) अन्तर्गत सरकार गठन गर्ने विकल्पहरूको सम्भावना हुँदाहुँदै उपधारा (३) अनुरुप प्रदेश प्रमुखको कार्यालय मधेस भवन, जनकपुरबाट प्रदेश सरकार गठन नगरी होटलमा लुकीछिपी सरोज यादवलाई सपथ गराएकोमा उनको गुनासो छ । 

यी असंवैधानिक कदमको विरोधमा भइरहेको आन्दोलनमाथि प्रहरीले बल प्रयोग गरेको अध्यक्ष ठाकुरले बताएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप