लोकतान्त्रिक प्रक्रिया बचाउन निर्वाचन एक मात्र विकल्प : डा. शशांक कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकको लोकतान्त्रिक प्रक्रियामा बचाउने एक मात्र विकल्प सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचन भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यसमितिको जारी बैठकमा बुधबार धारणा व्यक्त गर्दै नेता डा.कोइरालाले पार्टीलाई आन्तरिक द्वन्द्वमा नअल्झिई सर्वसम्मत रूपमा निर्वाचनमा जाने निर्णय गर्न आग्रह गरे । कोइरालाले विशेष महाधिवेशनको बहसलाई थाँती राखेर निर्वाचनको वातावरण बनाउन सरकारलाई दबाब दिनुपर्ने बताए ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग कोइरालाले गरे ।
‘अहिलेको मुख्य विषय फागुन २१ को निर्वाचन हो । मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो,’ डा. कोइरालाले भने ।
उनले कांग्रेसले सबै राजनीतिक दल र नागरिक समाजलाई एकताबद्ध गर्दै निर्वाचनमा जानुपर्ने दायित्व निर्वाह गर्नुपर्ने बताए ।
निर्वाचशका लागि वातावरण बनाउने जिम्मेवारी सरकारको भएको बताए । ‘निर्वाचनका लागि वातावरण बनाउने जिम्मेवारी सरकारको हो । यतिबेला देशमा भयरहित वातावरण छैन,’ कोइरालाले भने, ‘प्रहरीबाट लुटिएका हतियार र जेलबाट भागेका कैदी फर्काउने दायित्व सरकारको हो । यो जिम्मेवारी पूरा गर्न सरकारलाई दबाब बढाउँदै केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर निर्वाचनमा जाऔँ ।’
कांग्रेसले विशेष महाधिवेशन गर्न नहुने उनले बताए । महाधिवेशनको माग गर्ने पक्षलाई पनि विश्वासमा लिएर अगाडि बढ्नुपर्ने कोइरालाको भनाइ छ ।
‘विशेष महाधिवेशनमा पार्टी जानुहुन्न । तर विशेष महाधिवेशन माग गरेका साथीहरूलाई पनि विश्वासमा लिएर अगाडि बढ्नु व्यवहारिक हुन्छ,’ डा.कोइरालाले भने, ‘पार्टी महाधिवेशनको विषयमा पक्ष–विपक्षमा बाँडिएर द्वन्द्व बढाउनुभन्दा माग राख्ने साथीहरूको भावनालाई पनि समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोज्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण