जगदम्बा स्टिल्सले बुझायो विवादित महशुलको ‘पहिलो किस्ता’
सारांश
- जगदम्बा स्टिल्सले ५ करोड ७२ लाख रुपैयाँको पहिलो किस्ता बुझायो।
- विद्युत् प्राधिकरणले जगदम्बा स्टिल्सविरुद्ध ४ अर्ब १४ करोड बक्यौता दाबी गरेको थियो।
- पहिलो किस्ता तिरेपछि उद्योगमा लाइन जोडिएको छ, र १६ उद्योगले बक्यौता रकम बुझाए।
काठमाडौं । जगदम्बा स्टिल्सले बुझायो विवादित महशुलको ‘पहिलो किस्ता’ बुझाएको छ । बुधबार शंकर ग्रुप अन्तर्गत जगदम्बा स्टिल्स उक्त कम्पनीले ५ करोड ७२ लाख रुपैयाँ बराबरको चेक बुझाएको हो ।
सिमरास्थित विद्युत् प्राधिकरणको वितरण केन्द्रलाई उक्त रकम बुझाइएको प्राधिकरणले जनाएको छ । जगदम्बा सबैभन्दा धेरै बक्यौता विवाद भएको कम्पनको रुपमा रहेको थियो । प्राधिकरणले जगसम्बा स्टिल्सविरुद्ध मात्रै ४ अर्ब १४ करोडको बक्यौता दाबी गरेको थियो ।
प्राधिकरणका अनुसार सिमेन्टले बुधबार पहिलो किस्ता तिरेसँगै उद्योगमा लाइन जोडिएको छ । विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन विद्युत् बक्यौता नतिरेपछि बिजुली काटेका १६ उद्योगले बक्यौता रकम बुझाएका छन् ।
प्राधिकरणले लामो समय विवादित बन्दै आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुल नतिरेको भन्दै कात्तिक ४ र ७ गते बक्यौता नबुझाएका २५ उद्योगको विद्युत् काटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण