प्रचण्डलाई माधवको सुझाव : धेरै उदार नभइदिनुहोला
सारांश
- माधवकुमार नेपालले पार्टी निर्माणमा इमानदार भएर काम गर्न सुझाव दिएका छन्।
- उनले प्रचण्डलाई नयाँ पार्टी बनाउँदा अनुशासनको पालना गर्न र छलफल गर्न सुझाव दिए।
- नेपालले केपी ओलीसँगको सम्बन्धलाई ध्यानमा राख्दै एकतालाई टिकाउन सबैलाई सचेत रहन आग्रह गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देश र पार्टी निर्माणमा इमानदार भएर काम गर्न सुझाव दिएका छन् । बुधबार काठमाडौँमा भएको एकता सभामा बोल्दै उनले बढी उदारता नदेखाई सबैलाई मिलाएर जान सुझाव दिएका हुन् ।
‘प्रचण्डलाई प्रस्ट भनेको छु, नयाँ पार्टी बनाइरहेका छौँ । क्रान्तिकारी कम्युनिष्टहरुको पार्टी । देश र जनताप्रति समर्पित भएको पार्टी । रूपान्तरण गर्नुपर्नेछ । त्यो भन्ने बित्तिकै हुँदैन’, उनले भने– ‘भड्काऊ त्यतिकै हुनसक्छ । जिम्मेवारी पुरा नगर्ने पनि त्यतिकै छन् । अनुशासनको पालना त्यतिकै गर्नुपर्ने छ । मनमा लागेका कुरा पार्टी बैठकमा राख्नुपर्छ । आफ्ना मनमा लागेका कुरा प्रस्ट पार्नुपर्छ । लप्पन छप्पन गरेर होइन । समयलाई मिलाएर लैजानुपर्छ । अझै छलफल गर्नुपर्नेछ । नीति, दृष्टिकोण र कार्यक्रम स्पष्ट पार्नुपर्ने छ ।’
यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग आफ्नो ५३ वर्षदेखिको सम्बन्ध भएकाले मनको बह कसैलाई नकही काम गर्नुपर्नेमा जोड दिए । कतिपयले एकता कति टिक्ला भनेर प्रश्न उठाइरहेको भन्दै त्यसतर्फ सचेत रहन प्रचण्डको ध्यानाकर्षण गराए ।
उनले भने– ‘केपी ओलीसँग २०२९ सालदेखि ५३ वर्ष सङ्गत हो । त्यसकारण कति चिन्छु चिन्दिन पछि भनौँला । म भन्छु– मनको बह कसैलाई कह । प्रचण्डसँग पनि २०४२ सालमा मेरो सङ्गत छ । कतिपयले एकता कति दिन टिक्ला भनेका छन् । धेरै उदारता नभइदिनुहोला । ल्याउन त ल्याइयो व्यवस्थापन गर्न गाह्रो छ । त्यसैले सबै चुनौतीको सामना गरेर अगाडि बढ्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण