प्रतिनिधि र राष्ट्रिय सभा सदस्य निर्वाचन तोकिएकै समयमा गर्न सबैले सहयोग गर्ने प्रधानमन्त्रीको विश्वास
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचन तोकिएको समयमै सम्पन्न गर्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेकी छन् ।
बुधबार सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो विश्वास व्यक्त गरेकी हुन् ।
प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको अयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
उनले मतदाता नामावलीमा आजसम्मको प्रगति र गर्नुपर्ने कामहरूका विषयमा सघन छलफल भएको पनि जानकारी दिए । साथै आयोगले निर्वाचनका लागि हालसम्म गरेका कामहरूबारे प्रधानमन्त्री कार्कीलाई जानकारी गराएको छ ।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यु र निर्वाचन आयोगका पदाधिकारीका बीचमा आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्ने, मतदाता नामावलीमा आजसम्मको प्रगति र गर्नुपर्ने कामहरूका विषयमा सघन छलफल भएको छ । आयोगले हालसम्म सम्पादन गरेका कामका बारेमा प्रधानमन्त्रीज्युले जानकारी गराएको छ । तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।’
अन्तरिम सरकारले आगामी फागुन २१ मा प्रतिनिधि सभा सदस्य र माग ११ मा राष्ट्रिय सभा सदस्य सदस्यको निर्वाचनको मिति तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी र नेपालगन्जमा अत्यधिक गर्मी, काठमाडौँ र पोखरामा वर्षाको सम्भावना सबैभन्दा धेरै
-
रौतहट प्रहरीद्वारा एकै दिनमा २१ जना फरार प्रतिवादी पक्राउ
-
अन्तिम १६ को समीकरण तयार : कसको भिडन्त कोसँग ?
-
तस्बिरमा हेर्नुहोस् निर्माणाधीन तनहुँ जलविद्युत आयोजना
-
राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३ को मस्यौदा तयार, मन्त्रालयले माग्यो सर्वसाधारणसँग राय
-
१७ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण