भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीद्वारा राजीनामा
सारांश
- भ्रष्टाचारको आरोप लागेपछि युक्रेनका ऊर्जा मन्त्रीले राजीनामा दिएका छन्।
- राष्ट्रपति जेलेन्स्कीले मन्त्रीहरूलाई आर्थिक हिनामिनाको आरोपमा राजीनामा दिन आग्रह गरेका थिए।
- अनुसन्धानकर्ताहरूका अनुसार, मन्त्रीहरूले १०० मिलियन डलरको आर्थिक हिनामिनाको योजना बनाएका थिए।
किएभ । भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्रीद्वारा राजीनामा दिएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्ना न्याय र ऊर्जा मन्त्रीहरूलाई देशको युद्धग्रस्त ऊर्जा क्षेत्रमा व्यापक भ्रष्टाचार गरेको आरोपपछि राजीनामा दिन आग्रह गरेका थिए ।
जेलेन्स्कीका एक प्रमुख सहयोगीसमेत रहेका उनले रकम निकाल्न १०० मिलियन डलरको आर्थिक हिनाविनाको योजना बनाएका अन्वेषकहरूले आरोप लगाएका छन् ।
रुसी आक्रमणको कारण व्यापक बिजुली अभावको सामना गरिरहेको युक्रेनमा विभागीय मन्त्रीको भ्रष्टाचार काण्ड बाहिरिएपछि सार्वजनिक आक्रोश उत्पन्न गरेको छ।
युक्रेन लामो समयदेखि भ्रष्टाचारले ग्रस्त छ र भ्रष्टाचारमाथि कडाइ गर्नु युरोपेली सङ्घमा सामेल हुने प्रयासको प्रमुख आवश्यकताको रूपमा हेरिएको छ।
जेलेन्स्कीले भने, “न्याय मन्त्री जर्मन गालुशेन्का र ऊर्जा मन्त्री स्वितलाना ग्रिन्चुकमाथि आर्थिक हिनाविनाको आरोप लागेकोले उहाँहरूले तुरुन्तै राजीनामा दिनुपर्छ ।”
अनुसन्धानकर्ताहरूले भनेका छन्, “यस योजनामा दुवै मन्त्रीको संलग्नता थियो।”
जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियोमा भनेका छन्, “आर्थिक हिनाबिनाको आरोपपछि मन्त्री आफ्नो पदमा बस्न उपयुक्त हुनेछैन।”
राष्ट्रपति जेलेन्स्कीले भने, “युक्रेनको ऊर्जा क्षेत्रमा अझै पनि केही आर्थिक अनियमितताका घटनाहरू सुनिएका छन्। उनीहरू पनि कानुनी दायरामा आउनेछन् ।”
सरकारले यसअघि यस वर्षको सुरुसम्म ऊर्जा मन्त्री रहेका गालुशेन्कोलाई निलम्बन गरेको थियो तर उनीमाथि भ्रष्टाचारको आरोप लगाइएको थाहा थिएन।
अनुसन्धानको केन्द्रमा रहेको राज्य परमाणु अपरेटर एनर्गोएटमले अन्वेषकहरूलाई सहयोग गरिरहेको जुलाईमा ऊर्जा मन्त्रालय सम्हालेका ग्रिनचुकले यसपहिले बताएका थिए ।
मङ्गलबार अदालतमा भ्रष्टाचारविरोधी अभियोजनकर्ताले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका निकट सहयोगी तैमुर मिन्डिचले यो योजनाको योजनाकार रहेको बताएका छन्।
जेलेन्स्कीले सोमबार आरोप घोषणा हुनुभन्दा केही समयअघि देश छाडेर भागेका मिन्डिचबारे अझै टिप्पणी गरेका छैनन्।
उनको प्रोडक्सन कम्पनीले उक्त अनुसन्धान स्टुडियोको कामसँग सम्बन्धित नभएको बताएको छ ।
युक्रेनका प्रधानमन्त्रीले बुधबार भने, “किएभ प्रशासनले मिन्डिच र यस योजनामा आरोपित अर्का व्यापारी ओलेक्सान्डर सुकरम्यानमाथि व्यक्तिगत प्रतिबन्ध लगाइरहेको छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण