बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिल्ली विस्फोटमा इजरायलका प्रधानमन्त्री नेतन्याहूद्वारा भारतप्रति एकजुटता व्यक्त

बिहीबार, २७ कात्तिक २०८२, ०० : २२
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिन्दीमा पोस्ट गर्दै भारतप्रति सहानुभूति व्यक्त गरे।
  • उनले भारत र इजरायल दुखको घडीमा एकसाथ उभिएका छन् र आतंकले आत्मालाई हल्लाउन नसक्ने बताए।
  • प्रधानमन्त्री नेतन्याहुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय नागरिकहरूप्रति समवेदना व्यक्त गरे।

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले बुधबार ‘एक्स’ मा हिन्दी भाषामा पोस्ट गर्दै भारतप्रति आफ्नो संवेदना र एकजुटता व्यक्त गरेका छन्।

नेतन्याहूले आफ्नो पोस्टमा लेखेका छन्, ‘प्रिय मित्र नरेन्द्र मोदी र भारतका वीर नागरिकहरू... म, साथै सम्पूर्ण इजरायल, पीडित परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछौँ।’

उनले थप लेखे, ‘यस दुखको घडीमा इजरायल तपाईँहरूसँग मजबूतीका साथ उभिएको छ। भारत र इजरायल प्राचीन सभ्यताहरू हुन्, जुन शाश्वत सत्यहरूमा आधारित छन्।’

नेतन्याहूले लेखे, ‘आतङ्क हाम्रो सहरमा प्रहार गर्न सक्छ, तर यसले हाम्रो आत्मालाई कहिल्यै हल्लाउन सक्दैन। हाम्रो राष्ट्रहरूको प्रकाशले शत्रुहरूको अन्धकारलाई परास्त गर्नेछ।’

सोमबार साँझ दिल्लीको लाल किला मेट्रो स्टेसन नजिक विस्फोट भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप