स्मार्टफोन लिएर सडकमा जाऔं, मतदाता नामावली दर्तामा सघाऔं: पूर्वमन्त्री सुमना श्रेष्ठ
सारांश
- रास्वपा नेतृ सुमना श्रेष्ठले युवाहरूलाई मतदाता नामावली दर्ताका लागि सहयोग गर्न आह्वान गरेकी छिन्।
- उनले राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरण मतदाता नामावलीका लागि प्रयोग गर्न सकिने बताइन्।
- श्रेष्ठले रेस्टुरेन्टमा काम गर्ने युवाहरूलाई मतदाता परिचयपत्र बनाउन सहयोग गर्न आग्रह गरिन्।
काठमाडौं। पूर्वमन्त्री सुमना श्रेष्ठले आम नागरिक, विशेषगरी युवाहरूलाई आफ्नो स्मार्टफोन र ल्यापटप लिएर सडकमा निस्किई मतदाता नामावली दर्ता गर्न छुटेकाहरूलाई सहयोग गर्न आह्वान गरेकी छन्।
राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरण अब निर्वाचन आयोगले मतदाता नामावलीका लागि सोझै प्रयोग गर्न सक्ने व्यवस्था भएको जानकारी दिँदै उनले यो प्रक्रिया पहिलेभन्दा निकै सहज भएको बताएकी छन्। 'राष्ट्रिय परिचयपत्र बनाइसक्नुभएकाहरूले अब मतदाता नामावलीका लागि पुनः बायोमेट्रिक दिन जानु नपर्ने अवस्था छ,' उनले बिहीबार एक भिडियो सन्देशमार्फत भनेकी छन्, 'यो सुविधाले दर्ता प्रक्रियालाई सरल बनाएको छ।'
श्रेष्ठले रेस्टुरेन्ट तथा अन्य सेवा क्षेत्रमा कार्यरत धेरै युवाहरूको मतदाता परिचयपत्र नभएकोतर्फ ध्यानाकर्षण गराउँदै उनीहरूलाई सहयोग गर्न विशेष आग्रह गरिन्। 'धेरैभन्दा धेरै साथीहरू आफ्नो स्मार्टफोन, आफ्नो ल्यापटप लिएर अब सडकमा जाऔं,' उनले भनिन्, 'रेस्टुरेन्टमा काम गर्ने हाम्रा धेरै युवा साथीहरूको भोटर आइडी छैन। उहाँहरूलाई भोटर आइडी बनाउन सहज गर्दिऔं।'
उनले सडक, चोक वा अन्य सार्वजनिक स्थानमा लाइनमा बसेका मानिसहरूलाई मतदाता परिचयपत्र बनाएको वा नबनाएकोबारे सोध्न र आवश्यक परेमा आफ्नै मोबाइल वा कम्प्युटरबाट अनलाइन फारम भरिदिनसमेत सुझाइन्। 'कसैलाई सहयोग चाहिएको खण्डमा तपाईंको हातैबाट स्मार्टफोन प्रयोग गरेर वा तपाईंको कम्प्युटर प्रयोग गरेर तपाईंले (फारम भर्न) सघाउन सक्नुहुन्छ,' उनले भनिन्।
मतदाता नामावली दर्ताका लागि अब जम्मा चार दिन मात्र बाँकी रहेको स्मरण गराउँदै उनले यो अभियानलाई तीव्र पार्न र छुटेकाहरूलाई समयमै दर्ता गराउन सबैलाई प्रोत्साहित गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण