दल खोल्दिनँ, चुनाव लड्दिनँ : गृहमन्त्री
बिहीबार, २७ कात्तिक २०८२, १५ : २३
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले आफू कुनै राजनीतिक पार्टी नखोल्ने कुरा प्रस्ट पारेका छन्।
- उनले राष्ट्रिय सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।
- सांसद किरणबाबु श्रेष्ठले अर्याललाई दल खोलेर चुनाव लड्ने हो कि भनेर सोधेका थिए।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू कुनै राजनीतिक पार्टी नखोल्ने र चुनाव पनि नलड्ने प्रस्ट्याएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
‘दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ,’ गृहमन्त्री अर्यालको प्रस्टोक्ति दिए । उनलाई राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले दल खोलेर चुनाव लड्ने हो भनेर प्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण