मुलुकमा भयरहित वातावरण सिर्जना गर्न सरकारलाई निर्देशन
काठमाडौँ । संसदीय समितिले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सरकारलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको हो ।
सरकारको तर्फबाट समितिमा गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी थिए । मन्त्री अर्यालसँग समितिले आगामी निर्वाचनको तयारीबारे जानकारी लिएको छ ।
समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति सोनाम गेल्जेन शेर्पाले आगामी निर्वाचन स्वच्छ, निष्पक्षका साथ पूर्ण रूपमा सम्पन्न गर्नको लागि प्रहरीकाे मनोबल उच्च बनाउँदै जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू सङ्कलन गर्न र हात हतियार लुट्नेहरूको खोजी गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।
उनले कारागारबाट भागेका कैदीबन्दीलाई पुनः कारागारमा ल्याइ मुलुकमा भयरहित वातावरण सिर्जना गर्न नेपाल सरकार र गृहमन्त्रालयलाई निर्देशन दिए ।
उनले भने,‘आगामी निर्वाचन स्वच्छ, निष्पक्षका साथ पूर्ण रूपमा सम्पन्न गर्नको लागि प्रहरीकाे मनोबल उच्च बनाउँदै जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू सङ्कलन गर्न र हात हतियार लुट्नेहरूको खोजी गरी कारबाहीको दायरामा ल्याउन, जेलबाट भागेका फरार कैदीबन्दीलाई पुनः जेलमा ल्याइ मुलुकमा भयरहित वातावरण सिर्जना गर्न नेपाल सरकार र गृहमन्त्रालयलाई निर्देशन दिने ।’
समितिले शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा सरकारसँग छलफल गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण