मोबाइल एपमार्फत एनपीएलको लाइभ हेर्न सकिने
बिहीबार, २७ कात्तिक २०८२, १६ : १०
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरू अब मोबाइल एपमार्फत लाइभ हेर्न सकिने भएको छ।
- डिशहोम गो एपमार्फत मंसिर १ देखि २७ गतेसम्म खेल हेर्न सकिनेछ।
- खेल हेर्नका लागि दर्शकले एपमार्फत शुल्क तिर्नुपर्नेछ, जसको मूल्य नेपालमा ३०० रुपैयाँ तोकिएको छ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेल अब मोबाइल एपमार्फत लाइभ हेर्न सकिने भएको छ ।
'डिशहोम गो' मोबाइल एपमार्फत खेल हेर्न सकिने भएको हो। आगामी मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुने डिश मिडिया नेटवर्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले त्यसका लागि ओटीटी प्रसारण अधिकार प्रदान गरेको हो । दर्शकहरूले एपमार्फत खेल हेर्न छुट्टै शुल्क तिर्नुपर्नेछ। क्यानले तोकेको मूल्य अनुसार, एनपीएलको दोस्रो संस्करणका सबै खेल डिशहोम गो एपबाट हेर्नका लागि नेपालका दर्शकले ३०० रुपैयाँ, मिडल इस्टका दर्शकले ५०० रुपैयाँ र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण