गगनलाई उमाकान्तको प्रश्न : विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने क्रान्तिकारी, नगर्ने प्रतिगामी ?
सारांश
- उमाकान्त चौधरीले गगन थापाको विशेष महाधिवेशनको लागि हस्ताक्षर गराउने कार्यको विरोध गरे।
- चौधरीले हस्ताक्षर नगर्नेलाई प्रतिगामी भन्न खोजेको भन्दै प्रश्न उठाए, जसले देशभरका जनतालाई विभाजित गर्यो।
- उनले महामन्त्रीहरूले पहिले सभापतिसँग भागबन्डा लिएर पछि अपराधीको व्यवहार गरेको आरोप लगाए।
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न उक्साउने महामन्त्री गगन थापाको विरोध गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै सहमहामन्त्री चौधरीले गगन थापाको नाम नलिई महामन्त्रीले विशेष महाधिवेशनका लागि हस्ताक्षर नगर्ने प्रतिगामी भन्न खोज्नुभएको हो भन्दै प्रश्न गरेका हुन् ।
‘जसले सिग्नेचर गरेको छ, उ महामन्त्रीको हुने, जसले सिग्नेचर गरेको छैन, उ तपाईंको विरोधी हुने ?,’ सहमहामन्त्री चौधरीले भने, ‘जसले हस्ताक्षर गरेको छ, क्रान्तिकारी हुने रे । जसले हस्ताक्षर गरेको छैन, के प्रतिगामी हुने ?’
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गराएर महामन्त्रीले देशभरका जनतालाई चिराचिरा पारेको भन्दै रोष प्रकट गरे । ‘साइन गरेर ल्याऊ पनि भन्ने, निर्णय मै गर्छु पनि भन्ने ? यस्तो पनि सुहाउँछ ? तपाईं हाम्रो संस्था हो । तपाईं संस्था भएको व्यक्तिले यो भन्न मिल्दैन,’ चौधरीले भने । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न लगाएर गलत गरेको उनको भनाइ थियो ।
हस्ताक्षर गर्ने विशेष महाधिवेशन चाहने, नगर्ने विशेष महाधिवेशन नचाहने भनेर करार गर्न खोजेको हो भन्दै उनले प्रश्न गरे । महामन्त्रीहरूले गत भदौ २३ र २४ गते अघि सभापति शेरबहादुर देउवासँग हरेक कुरामा भाग लिएर त्यसपछि अपराधी करार गर्न खोजेको भन्दै आपत्ति जनाए ।
‘जेनजी आन्दोलन अघि सभापतिसँग मन्त्रीमा भागबन्डा लिने । भ्रातृ संस्थामा भागबन्डा लिने । विभागमा भागबन्डा लिने । राजनीतिक नियुक्तिमा पनि भागबन्डा लिने । सरकार सञ्चालकको संयन्त्रमा बस्ने,’ सहमहामन्त्री चौधरीले भने, ‘त्यसपछि अपराधी जस्तो व्यवहार गर्ने कसरी उपयुक्त मान्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण