गाजामा संयुक्त राष्ट्रसङ्घको प्रस्तावबारे अमेरिका ‘आशावादी’ : मार्को रुबियो
सारांश
- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाका लागि प्रस्तावित अन्तर्राष्ट्रिय सुरक्षा बल सम्बन्धी प्रस्तावमा आशा व्यक्त गरे।
- उनले जी-७ बैठकपछि उक्त प्रस्तावलाई छिट्टै अन्तिम रूप दिने प्रयास भइरहेको बताए, जसमा अमेरिका विभिन्न देशसँग छलफल गरिरहेको छ।
- रुबियोले गाजामा अन्तर्राष्ट्रिय बलको तैनाथीले हमासलाई कमजोर पार्दै प्यालेस्टिनी जनतालाई सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
ह्यामिल्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा गाजाका लागि प्रस्तावित अन्तर्राष्ट्रिय सुरक्षा बल सम्बन्धी प्रस्तावबारे आशा व्यक्त गरेका छन् । उनका अनुसार उक्त प्रस्तावलाई छिट्टै अन्तिम रूप दिने प्रयासहरू सन्तोषजनक रूपमा अगाडि बढिरहेका छन् ।
‘यो कार्यान्वयन हुने दिशामा अघि बढिरहेको छ भन्नेमा हामी आशावादी छौँ’, रुबियोले क्यानडामा सम्पन्न जी–७ विदेश मन्त्रीहरूको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै भने, ‘हामीले प्रस्तावको भाषामा उल्लेखनीय प्रगति गरिरहेका छौँ र आशा छ कि यसमा शीघ्र सहमति जुटाएर कार्यान्वयनको चरणमा पुग्नेछौँ ।’
विदेश मन्त्री रुबियोका अनुसार संयुक्त राज्य अमेरिकाले विभिन्न मुलुकहरूसँग मिलेर ‘तिनीहरूको चासोलाई सन्तुलनमा राख्ने र सुरक्षा बलको संरचना कसरी हुने भन्ने विषयमा विस्तृत छलफल गरिरहेको’ छ ।
गत हप्तादेखि अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा दुई वर्षदेखि जारी गाजाको युद्धमा युद्धविरामको लागि नयाँ मस्यौदा प्रस्ताव प्रसारित गर्न सुरु गरेको हो ।
ट्रम्प प्रशासनले विगतमा संयुक्त राष्ट्रसङ्घप्रति बारम्बार आलोचनात्मक धारणा राख्दै आएको भए पनि धेरै राष्ट्रले गाजामा कुनै पनि प्रकारको सैन्य तैनाथी गर्नुअघि सुरक्षा परिषद्को स्वीकृति अनिवार्य हुने स्पष्ट सङ्केत दिएका छन् ।
रुबियोले गाजामा अन्तर्राष्ट्रिय बलको तैनाथीले केवल प्यालेस्टिनी जनतालाई थप सहयोग नपुर्याउने मात्र नभई हमासलाई पनि कमजोर पार्ने प्रयासमा सहायक हुने विश्वास व्यक्त गरे ।
‘यदि तपाईंले केवल मानवीय सहायता मात्र होइन, पुनर्निर्माण र विकासको गति पनि तीव्र बनाउन चाहनुहुन्छ भने त्यसका लागि दिगो सुरक्षा अपरिहार्य हुन्छ’, उनले भने । उनले अन्तर्राष्ट्रिय समुदायलाई गाजामा स्थायित्व, पुनर्विकास र दीर्घकालीन शान्ति स्थापनाका लागि सामूहिक रूपमा अघि बढ्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण