जसपा नेपालले गठन गर्यो सङ्घीय संसदीय बोर्ड
बिहीबार, २७ कात्तिक २०८२, १७ : २९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय बोर्ड गठन गरेको छ ।
पार्टी विधानको धारा ९५ को उपधारा (१०) मा भएको व्यवस्थाबमोजिम प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी आवश्यक कार्य गर्न विधानको धारा ९६ अनुसारको काम, कर्तव्य र अधिकार रहने गरी सङ्घीय संसदीय बोर्ड गठन गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार बोर्डमा केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव, सह–अध्यक्ष रकम चेम्जोङ, महासचिव लालबाबु राउत र रामकुमार शर्मा केन्द्रीय सदस्यहरू कुन्ता राई, खेमनारायण यादव, शैलेशकुमार चौधरी, प्रमिला यादव, कैलाश गुरुङ, रामबहादुर जाग्री, मनबहादुर गुरुङ र सन्तोष सिलवाल रहेका छन् ।
पार्टी प्रदेश समितिका अध्यक्षहरू बोर्डको पदेन सदस्य हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण