क्षतिको विवरण प्रविष्ट गर्न स्थानीय तहलाई तीनदिने म्याद
काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको विवरण अनलाइन पोर्टलमा प्रविष्ट गर्न सबै गाउँपालिका र नगरपालिकालाई सरकारले निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई तीन दिनभित्र विवरण प्रविष्ट गर्न आग्रह गरेको हो ।
आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन र पुनर्निर्माण योजना तयारीका लागि सरकारले पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिलाई सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक सम्पत्तिको पुनर्निर्माण योजना तयार गर्ने कार्यादेश दिइएको छ ।
कसले कहाँको क्षति विवरण संकलन गर्ने ?
तथ्यांक संकलनमा एकरूपता र सहजताका लागि समितिले एक अनलाइन पोर्टल तयार पारेको छ । पोर्टलमा विभिन्न निकायले आफ्नो क्षेत्रभित्रको विवरण प्रविष्ट गर्नुपर्ने जिम्मेवारी तोकिएको छ, जसमा अधिकांशले क्षतिको विवरण भरिसकेका छन् ।
स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्रका कार्यालय, निजी प्रतिष्ठान, सामुदायिक तथा व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण प्रविष्ट गर्नुपर्ने हुन्छ । यस्तै प्रदेश सरकारअन्तर्गत निकायमा भएको क्षतिको विवरण समितिलाई बुझाउनुपर्ने छ । संघीय मन्त्रालय, आयोग र सचिवालयले मातहतका विभाग, कार्यालय तथा सार्वजनिक संस्थानमा भएको क्षति विवरण बुझाउनुपर्ने छ ।
अन्तिम चरणमा तथ्यांक संकलन
राष्ट्रिय योजना आयोगका अनुसार धेरैजसो तथ्यांक प्रणालीमा प्रविष्ट भइसकेको र क्षति मूल्यांकनको काम अन्तिम चरणमा पुगेको छ । यद्यपि कुनै कारणवश क्षतिको तथ्यांक प्रविष्ट गर्न छुट भएको भए सम्बन्धित गाउँपालिका र नगरपालिकालाई तीन दिनको म्याद दिएर बिहीबार सूचना जारी गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेश सभा बैठकमा हङ्गामा
-
रुसको मिसाइल र ड्रोन आक्रमणमा किभमा कम्तीमा १३ जनाको मृत्यु
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
बालेन सरकारको सय दिन, विपक्षी दलहरूले कति दिए अंक ?
-
अमेरिकाले सुरु गर्यो इराकमा डलर आपूर्ति
-
सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण