मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

इन्ज्युरी समयमा गोल गर्दै बङ्गलादेशविरुद्ध नेपालको रोमाञ्चक बराबरी

बिहीबार, २७ कात्तिक २०८२, २१ : ५४
बिहीबार, २७ कात्तिक २०८२

काठमाडौँ । सेन्टरब्याक अनन्त तामाङले थप गरिएको इन्ज्युरी समयमा गोल गरेपछि नेपालले बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हार टारेको छ ।

बिहीबार ढाका राष्ट्रिय रङ्गशालामा नेपालले घरेलु टोलीविरुद्ध २–२ को बराबरी खेलेको हो ।

नेपालले पहिलो हाफमा १–० गोलको अग्रता बनाएको थियो ।

सुमन श्रेष्ठले डिबक्सभित्र बङ्गलादेशी खेलाडी रकिब हुसेनलाई लडाएपछि रेफ्रीले दिएको पेनाल्टीमा हाज्मा चुकेनन् ।

रोहित चन्दको गोलमा नेपालले सुरुवाती अग्रता बनाएपनी बङ्गलादेशले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । त्यसपछि अनन्त तामाङले गोल गर्दै नेपाललाई हारबाट जोगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप