तस्बिरमा हेर्नुहोस् बादल फाटेपछिको बतासेडाँडा
सारांश
- तानसेन नजिकैको बतासेडाँडा भ्यू पोइन्ट बनेको छ, जहाँबाट हिमशृङ्खला देख्न सकिन्छ।
- यहाँबाट काञ्जिरोवा हिमालदेखि जुगल हिमालसम्मका ५० भन्दा बढी हिमशिखरहरू देख्न सकिन्छ।
- धौलागिरि, अन्नपूर्ण, र मानसिरी शृङ्खलाका विभिन्न हिमालहरू यहाँबाट अवलोकन गर्न सकिन्छ।
पाल्पा । तानसेनबाट करिब ३ किलोमिटर उकालोमा अवस्थित बतासेडाँडा पछिल्ला वर्षहरूमा पहाडी दृश्य हेर्नेहरूका लागि प्रमुख 'भ्यू पोइन्ट' बनेको छ । मौसम खुलेको दिन यहाँबाट पश्चिमतर्फका काञ्जिरोवा हिमालदेखि पूर्वतर्फ जुगल हिमालसम्म फैलिएको विशाल हिमशृङ्खला देख्न सकिन्छ। करिब ५० भन्दा बढी हिमशिखरहरू यस ठाउँबाट देखिन्छन्।
पश्चिमतर्फ काञ्जिरोवा रेंजका हिउँचुली पाटन र काञ्जिरोवा हिमाल त्यसपछि धौलागिरि शृङ्खलाका पुथा हिउँचुली, चुरेन, धौलागिरि १ देखि ६ सम्म तथा टुकुचे हिमाल स्पष्ट देखिन्छन्।
_7Wz503VAlm.jpg)
मध्यभागतर्फ अन्नपूर्ण शृङ्खलाका निलगिरिदेखि तिलिचो, वराहशिखर, अन्नपूर्ण १, दक्षिण, हिमचुली, खाङसार काङ, तारे काङ, गङ्गापूर्ण, अन्न ३, माछापुच्छ्रे, अन्न ४, अन्न २ र लमजुङ हिमाल सुन्दर रूपमा देखा पर्छन्।
_JBSBQUNWIb.jpg)
त्यसैगरी मानसीरी शृङ्खलाका मनासलु, ङादी चुली, हिमालचुली, गणेश हिमाल, पविल, सलासुङ्गो, लाङटाङ क्षेत्रको लाङटाङ लिरुङ् तथा जुगल हिमाल क्षेत्रका केही शिखरहरू पनि दृश्यमा समेटिन्छन्। मनिष अर्याल, नेपाल फोटो लाइब्रेरी
_NLsPapnmUl.jpg)
_27LRUCABdF.jpg)
_v8MncS0QK4.jpg)
_kzFKOjdsOO.jpg)
_4O0GxnlA6o.jpg)
_SBfqAfmV1v.jpg)
_9HGSAIAetG.jpg)
_9XCrCnkkcT.jpg)
_E55FuTSvpR.jpg)
_DcSe9XwUkq.jpg)
_69vSFxBCiO.jpg)
_xGURXCkvWH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण