राष्ट्र बैंकले छोड्ने हो भने निक्षेपको ब्याजदर १ प्रतिशतमा झर्छ : गभर्नर पौडेल
सारांश
- नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले निक्षेपको ब्याजदर १ प्रतिशतमा झर्ने बताए।
- उनले बैंकलाई साढे आठ खर्ब बराबरको स्थायी तरलता सुविधा उपलब्ध गराएको र यो १० खर्ब पुग्ने अनुमान गरिएको बताए।
- गभर्नर पौडेलले तरलता समस्या समाधान गर्न ऋण लगानीको वातावरण बनाउनुपर्ने बताए।
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले राष्ट्र बैंकले नियन्त्रण नगर्ने हो भने निक्षेपको ब्याजदर १ प्रतिशतमा झर्ने बताएका छन् ।
शुक्रबार राजधानीमा बैंक तथा वित्तीय संस्था परिसंघको वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकको व्यवस्थाले अहिले ब्याजदर २.७५ प्रतिशत भन्दा कम नभएको बताए ।
उनले यसका लागि आफूहरूले बैंकलाई साढे आठ खर्ब बराबरको स्थायी तरलता सुविधा उपलब्ध गराएको र यो १० खर्ब पुग्ने अनुमान गरिएको बताए ।
यो अवस्थामा राष्ट्र बैंकले मात्रै झन्डै २७ अर्ब रुपैयाँ स्थायी तरलता सुविधाबापत वार्षिक रूपमा खर्च गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
अहिलेको अवस्थामा तरलता समस्या समाधान गर्नु एउटा मुख्य समस्या रहेको उनले बताए । यसका लागि ऋण लगानी हुने वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले यसका लागि केही विषयमा अध्ययन गरिरहेको बताए ।
अहिले भइरहेको कालोसूचीको व्यवस्था र लोन लस प्रोभिजनको सम्बन्धमा राष्ट्र बैंकले पुनरावलोकन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण