बिलविजक भन्दा धेरै सामान बोकेका भारतीय गाडी नियन्त्रणमा
बुटवल । कपिलवस्तु प्रहरीले भारतीय नम्बर प्लेटका तीन वटा गाडीलाई बिलविजकभन्दा बढी मूल्य र परिमाणका सामान बोकेको भन्दै नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार मायादेवी गाउँपालिका वडा नम्बर १ बाट बिलविजक भन्दा धेरै सामान सहित तीन वटा भारतीय गाडी नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव लउपरीक्षक(डीएसपी) एवं सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले इलाका प्रहरी कार्यालय पकडीबाट खटिएका प्रहरी टोलीले युपी ५१ बिटी ३९३२, एचआर ६९ ई ९०३९, र एचआर ५८ बि ८६८७ नम्बरको भारतीय गाडीहरूलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँच गर्दा बिलविजकभन्दा बढीका सामान फेला परेपछि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उनले बताए ।
प्रहरीले तीन वटा गाडीबाट ४२ हजार २२० केजी कुखुराको दाना, ४२ हजार केजी बासमती चामल र ४२ हजार केजी सोया डक बरामद गरेको जनाएको छ ।
बरामद भएका सामानहरूको बजार मूल्य १ करोड ५ लाख १४ हजार रुपैयाँ बराबर छ । प्रहरीका अनुसार ती गाडी चलाउने भारतीय नागरिक हुन् ।
यस विषयमा थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण