अपडेट
बिहार विधानसभा निर्वाचन : १२३ सिटको नजिता आउँदा कुन दलको अवस्था कस्तो ?
शुक्रबार, २८ कात्तिक २०८२, १९ : ४७
पटना । भारतको बिहार राज्यको विधान सभा निर्वाचनको मतगणना जारी छ । २४३ सिट रहेको विधानसभामा आधाभन्दा बढी सिटको नजिता सार्वजनिक भइसकेको छ ।
भारतीय निर्वाचन आयोगका अनुसार १२३ सिटको अन्तिम मत परिणाम घोषणा भइसकेको छ । जस अनुसार भारतीय जनता पार्टी (भाजपा) ५९ सिटमा विजयी भएको छ ।
दोस्रो स्थानमा जनता दल युनाइटेड छ, जसले अहिलेसम्म ४० सिटमा जितेको छ । भारतीय जनता पार्टी र जनता दल युनाइटेड एउटै गठबन्धनका सहयोगी घटक हुन् ।
सोही गठबन्धनको अर्को सहयोगी घटक लोक जनशक्ति पार्टीले अहिलेसम्म ८ सिट जितेको छ ।
विपक्षी गठबन्धनको नेतृत्व गर्दै आएको राष्ट्रिय जनता दल (आरजेडी)ले जम्मा ११ सिट जितेको छ । सोही गठबन्धनमा रहेको कांग्रेस पार्टीले जम्मा एक सिट जितेको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण