खुल्यो मुर्कची–रौता–जाँते ग्रामीण सडक
सारांश
- उदयपुरको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको छ।
- गत वर्षको वर्षाले सडक भत्काएको र रसुवा खोलामा पुल नहुँदा सडक अवरुद्ध भएको थियो।
- अस्थायी पुल निर्माण र सडक पुनःनिर्माणपछि जाँते-गाईघाटमा बस सेवा सुरु भएको छ।
गाईघाट । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको छ । जिल्ला सदरमुकाम गाईघाटबाट रौतामाई गाउँपालिकाको रौताको मुर्कुची बजार भएर पुवारे, भुटार हुँदै लिम्चुङबुङ गाउँपालिका–५ जाँतेसम्म जोड्ने करिब ४२ किलोमिटर सडकअन्तर्गत रौता–भुटार खण्ड अवरुद्ध भएको थियो ।
गत वर्षको वर्षाले ग्रामीण सडक भत्काएनुका साथै भुटारस्थित रसुवा खोलामा पुल नहुँदा अवरुद्ध बनेको थियो । हालै रसुवा खोलामा अस्थायी पुल निर्माण गरिनुका साथै अन्य अवरुद्ध हटाएपछि यस क्षेत्रका ग्रामीण सडकमा यातायात सञ्चालन हुन थालेका स्थानीय बताउँछन् ।
जाँतेका प्रमेश बूढाथोकीले भने, ‘गत वर्षदेखि यो सडक अवरुद्ध हुँदा यस क्षेत्रका जनतालाई जिल्ला सदरमुकाम गाईघाटलगायत अन्यत्र आवतजावत गर्न कठिनाइ भएको थियो, अहिले अस्थायी पुल निर्माण भएको छ भने अवरुद्ध सडक पुनःनिर्माण गरेपछि सञ्चालन भएको छ ।’
उक्त सडक सञ्चालन भएपछि शुक्रबारदेखि जाँते–भुटार–मुर्कुची– गाईघाटमा बससमेत सञ्चालन हुन थालेको मुर्कुचीका यातायात व्यवसायी कुमार मगरले बताए । लिम्चुङबुङ गाउँपालिका–५ का वडाध्यक्ष केसर राईका अनुसार रौतामाई गाउँपालिकासँग समन्वय गरेर सडक सञ्चालनको पहल गरेपछि अवरोध हटेको हो ।
रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार रौता–भुटार खण्डको रसुवा खोलामा अस्थायी पुल निर्माण गरिएको छ भने बाँकी स्थानका अवरुद्ध सडक खुलाइएपछि यातायात सञ्चालन भएको हो ।
यो सडक सञ्चालन भएपछि जिल्लाको मध्यपहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको जाँते, हिम्मा, रौतामाई गाउँपालिकाको लाफागाउँ, भुटार, रामेटारसहित रौता मुर्कुची पाँबु क्षेत्रका स्थानीयको जिल्ला सदरमुकामसम्म को आवागमन सहज भएको छ ।
रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीले पालिका, अन्य सरोकार भएका निकायको पहलबाट अवरुद्ध सडक सञ्चालनमा ल्याइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण