प्रहरी कार्यालय तोडफोड र आगजनीमा संलग्न २१ जना पक्राउ
सारांश
- मोरङ प्रहरीले भदौ २३ र २४ गतेको आन्दोलनमा प्रहरी कार्यालय तोडफोड र आगजनीमा संलग्न २१ जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरू विभिन्न स्थानका छन्, जसमा विराटनगर र उर्लाबारीका व्यक्तिहरू रहेका छन्।
- प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरेको जनाएको छ।
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड तथा आगजनीमा संलग्न २१ जनालाई पक्राउ गरेको छ।
आन्दोलनमा केही उच्छृङ्खल तथा आपराधिक मनोवृत्तिका व्यक्तिहरू घुसेर जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका इलाका प्रहरी कार्यालय पथरी, उर्लाबारी, प्रहरी चौकी मझारे, सिआरभी पोष्ट केशलिया, जतुवा तथा जिल्ला ट्राफिक कार्यालय मोरङको भवन, ट्राफिक आईल्यान्ड, ट्राफिक लाइट, सिसिटिभी क्यामेरा र सवारी साधनहरूमा तोडफोड तथा आगजनी गरी क्षति पुर्याएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्तिहरूको सूक्ष्म अनुसन्धान तथा विश्लेषण गरी पहिचान खुलाई सम्मानित मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका सबैलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
पक्राउ परेका व्यक्तिहरूको विवरण:
जिल्ला प्रहरी कार्यालयबाट पक्राउ परेका:
- विराटनगर महानगरपालिका वडा नं. ५ बस्ने वर्ष २२ को विशाल बाल्मिकी।
- विराटनगर महानगरपालिका वडा नं. ९ बस्ने वर्ष २७ को गोपी साह।
- विराटनगर महानगरपालिका वडा नं. ९ बस्ने वर्ष २० को विष्णु साफी।
- विराटनगर महानगरपालिका वडा नं. १४ बस्ने वर्ष २४ को राजेश यादव।
- जहदा गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २४ को सुरज सिंह।
- जहदा गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २२ को मुकेश कामत।
- जहदा गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३० को प्रवेश मण्डल।
- जहदा गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २५ को सुशील यादव।
- विराटनगर महानगरपालिका वडा नं. ६ बस्ने वर्ष २४ को चन्दन वर्मा।
विराटनगर महानगरपालिका वडा नं. ६ बस्ने वर्ष २९ को किसन सहनी।
इलाका प्रहरी कार्यालय पथरीबाट पक्राउ परेका:
- पथरी शनिश्चरे नगरपालिका वडा नं. १ बस्ने वर्ष २३ को चन्द्र कार्की।
- पथरी शनिश्चरे नगरपालिका वडा नं. १ बस्ने वर्ष २३ को दीपक चौधरी।
- पथरी शनिश्चरे नगरपालिका वडा नं. १ बस्ने वर्ष २५ को मुकेश बराईली।
- पथरी शनिश्चरे नगरपालिका वडा नं. १ बस्ने वर्ष २९ को विश्वास थापा।
- पथरी शनिश्चरे नगरपालिका वडा नं. १ बस्ने वर्ष १९ को सिद्धार्थ राई।
- पथरी शनिश्चरे नगरपालिका वडा नं. १ बस्ने वर्ष २६ को मिथुन मण्डल।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट पक्राउ परेका:
- उर्लाबारी नगरपालिका वडा नं. ६ बस्ने वर्ष २९ को राजकुमार सहनी।
- उर्लाबारी नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४५ को उदय साह।
- उर्लाबारी नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४० को बब्लु साह।
- उर्लाबारी नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३० को मिलन राई।
- उर्लाबारी नगरपालिका वडा नं. ७ बस्ने वर्ष २४ को रविन सुन्दास।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण