बिहार निर्वाचनमा हारपछि कांग्रेसको समीक्षा बैठक, धाँधलीको आरोप
सारांश
- बिहार विधानसभा चुनावमा कांग्रेसको हारपछि दिल्लीमा समीक्षा बैठक बसेको छ।
- बैठकमा चुनावको नतिजा र पार्टी संगठनका कमजोरीबारे छलफल भयो, आगामी रणनीतिबारे सुझाव पेस गरियो।
- कांग्रेस नेताहरूले चुनावमा धाँधली भएको आरोप लगाएका छन् र प्रमाण सार्वजनिक गर्ने बताएका छन्।
नयाँ दिल्ली । बिहार विधानसभा चुनावमा पार्टीले नराम्रो हार बेहोरेपछि भारतीय राष्ट्रिय कांग्रेसले शनिबार दिल्लीमा पहिलो समीक्षा बैठक बोलाएको छ ।
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको निवासमा भएको उक्त बैठकमा राहुल गान्धी, केसी वेणुगोपाल र अजय माकन लगायतका वरिष्ठ नेताहरू उपस्थित थिए । बैठकमा नेताहरूले चुनावको नतिजाको समीक्षा गर्दै पार्टी संगठनमा देखिएका कमजोरीहरूबारे छलफल गरे । साथै, आगामी रणनीतिबारे विभिन्न सुझावहरू पनि प्रस्तुत गरिए । भारतीय पत्रिका भास्करका अनुसार पार्टीले बिहारमा यति ठुलो हार किन भयो भन्नेबारे गहन अध्ययन गरिरहेको छ ।
बैठकपछि कांग्रेसका नेताहरूले भाजपामाथि चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । कांग्रेस नेता केसी वेणुगोपालले पार्टीले धाँधलीका प्रमाणहरू संकलन गरिरहेको र आगामी दुई हप्ताभित्र देशसामु सार्वजनिक गर्ने बताएका छन् ।
यस चुनावमा कांग्रेसले ६० सिटमा उम्मेदवारी दिएको थियो, तर जम्मा ६ सिटमा मात्र जित हासिल गर्न सक्यो । पार्टीको भोट सेयर ८.७१५ मा झरेको छ । सन् २०२० को चुनावमा कांग्रेसले ७० सिटमा प्रतिस्पर्धा गर्दा १९ सिट जितेको थियो र ९.६५ भोट पाएको थियो ।
कांग्रेस वरिष्ठ नेता माकनले चुनावबारे उठाए गम्भीर प्रश्न
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेसँगको भेटपछि पार्टीका वरिष्ठ नेता अजय माकनले बिहार चुनावको नतिजाबारे गम्भीर प्रश्न उठाएका छन् । उनले भने, 'चुनाव प्रक्रियामा सुरुदेखि नै प्रश्न उठेका छन्, त्यसैले यस्ता नतिजा अचम्म लाग्ने खालका छन् । कांग्रेसलाई सन् १९८४ मा पनि यस्तो स्ट्राइक रेट मिलेको थिएन, जस्तो यसपटक भाजपालाई मिलेको छ । केही न केही गडबडी पक्कै छ । हाम्रा कार्यकर्ताहरूले लगातार धेरै ठाउँमा गडबडी भएको बताइरहेका छन् ।'
माकनका अनुसार गठबन्धनका सबै दलहरूले यो नतिजालाई 'अप्रत्याशित' मानेका छन् र यसको छानबिनको माग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण