मधेस प्रदेश
मुख्यमन्त्रीको उपस्थितिलाई लिएर ७ दलद्वारा सर्वदलीय बैठक बहिष्कार
शनिबार, २९ कात्तिक २०८२, १८ : ००
धनुषा । मधेस प्रदेशमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत सात राजनीतिक दलले बहिष्कार गरेका छन्। आजका लागि बोलाइएको बैठकमा सात दलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरू सहभागी नभएपछि बैठक निष्प्रभावी बनेको हो।
गठबन्धन दलहरूले असंवैधानिक रूपमा नियुक्त भई होटलमा शपथ लिएका वर्तमान मुख्यमन्त्री सरोज कुमार यादव बैठकमा सहभागी रहेका कारण बहिष्कार गर्नुपरेको बताएका छन्।
जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवका अनुसार, ‘असंवैधानिक रूपमा नियुक्त भई होटलमा शपथ खाएका मुख्यमन्त्री बैठकमा सहभागी भएकाले सात दलीय गठबन्धनले बैठक बहिष्कार गरेको हो।’
प्रदेश प्रमुख डा. लाभले मधेसमा चुलिएको राजनीतिक सङ्कट समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण